Dhulikhel Eco Banner new

सनराइज होल्डिङ्स्ले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

1.59K
shares

काठमाडौं, १६ भदौ । नेपाली लगानी कम्पनी सनराइज होल्डिङ्स् लिमिटेडले सर्वसाधारणका लागि आफ्नो साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका २४ लाख कित्ता शेयर, अर्थात् २४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको हो।

यस शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धमा आयोजित सम्झौता कार्यक्रममा सनराइज होल्डिङ्गस् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री बिकास सिलवाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

सनराइज होल्डिङ्गस् लिमिटेड सन् २०१४ (वि.सं. २०७१) मा स्थापित एक नेपाली लगानी केन्द्रित कम्पनी हो। कम्पनीले प्रारम्भदेखि नै जलविद्युत, यातायात, पर्यटन र कृषि क्षेत्रहरूमा आफ्नो लगानी केन्द्रित गर्दै आएको छ।

आगामी दिनमा उच्च प्रतिफल दिने सम्भावना भएका क्षेत्रहरूको पहिचान गर्दै लगानी विस्तार गर्ने लक्ष्यका साथ कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने निर्णय गरेको जनाएको छ।

सनराइज होल्डिङ्गस् लिमिटेडले सार्वजनिक निष्काशनमार्फत आम लगानीकर्तालाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तथा आवश्यक पूँजी संकलन गर्ने योजना बनाएको छ। यसले कम्पनीको भविष्य योजना र लगानी विस्तारलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।