Dhulikhel Eco Banner new

एकैदिन ६ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानीमा पनि वृद्ध‍ि

2.69K
shares

काठमाडौं, १८ भदौ । बैंक तथा वित्तीय संस्थाहरूमा एकैदिन ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार, भदौ १५ गते बैंकहरूको कुल निक्षेप ७२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । उक्त निक्षेप भदौ १४ गतेको तुलनामा ६ अर्बले बढी हो।

त्यसैगरी, वाणिज्य बैंकहरूको निक्षेप मात्रै ७ अर्ब रुपैयाँले वृद्धि भएको छ। भदौ १४ गते ६४ खर्ब ८८ अर्ब रहेको निक्षेप भदौ १५ मा ६४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

सो अवधिमा कर्जा लगानीमा पनि ३ अर्ब रुपैयाँको वृद्धि देखिएको छ। राष्ट्र बैंकका अनुसार, भदौ १५ मा बैंकहरूको कुल कर्जा लगानी ५६ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये ४९ खर्ब ८२ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूको कर्जा लगानी हो।

राष्ट्र बैंकले जारी गरेको विवरण अनुसार, सो अवधिमा बैंकहरूको सीडी रेसियो ७६.३७ प्रतिशत र अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम रहेको छ।