Dhulikhel Eco Banner new

सामसङका फोल्डेबल फोनमा भारी छुट, मूल्यमा ५० हजारसम्म क्यासब्याक

2.2K
shares

काठमाडौं, ७ असोज । सामसङ नेपालले यो दशैंलाई लक्षित गर्दै आफ्ना फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को मूल्यमा उल्लेखनीय कटौती गरेको छ।

कम्पनीले यी अत्याधुनिक फोनहरू अब ग्राहकहरूले अघिल्लो मूल्यभन्दा निकै कममा खरिद गर्न सक्ने जनाएको छ।

सामसङका अनुसार ग्यालेक्सी जेड फोल्ड६ (५१२ जीबी) को अघिल्लो मूल्य २ लाख २९ हजार ९९९ रुपैयाँ थियो, जुन अब घटेर १ लाख ७९ हजार ९९९ रुपैयाँमा झरेको छ। यस्तै, ग्यालेक्सी जेड फोल्ड६ (२५६ जीबी) को मूल्य पनि २ लाख १४ हजार ९९९ बाट घटेर १ लाख ६४ हजार ९९९ पुगेको छ।

त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप६ (२५६ जीबी) को मूल्य १ लाख ३९ हजार ९९९ बाट घटेर ९९ हजार ९९९ मा झरेको छ। यी छुटहरूसँगै ग्राहकहरूले अधिकतम ५० हजार रुपैयाँसम्मको क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन्।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, सामसङले रूपान्तरणकारी प्रविधि सबैका लागि सुलभ बनाउने लक्ष्य लिएको छ। यस दशैंमा कम्पनीले केवल विशेष मूल्य मात्र होइन, आफ्ना प्रियजनहरूसँग जडान कायम गर्ने अवसर पनि प्रदान गरिरहेको छ। उनले भने, “हामीलाई गर्व छ कि ग्यालेक्सी शृङ्खलाको अनुभव अब अझ धेरै नेपालीहरूका लागि सहज र सुलभ बन्न गइरहेको छ।”

सामसङले यी अफरहरू नेपालभरका आधिकारिक स्टोरहरूबाट उपलब्ध गराइरहेको छ। साथै, सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा पाउन सक्छन्। यस योजनामा सहभागी हुन ग्राहकहरूले आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानु पर्नेछ, र १८ महिनासम्मको यन्त्र बीमासमेत उपलब्ध गराइनेछ।

सामसङ नेपालले ग्राहकहरूको चाडपर्वलाई प्रविधिमैत्री र विशेष बनाउने उद्देश्यले यस्तो अफर ल्याएको जनाएको छ। यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।