सोमबार शेयर बजार बन्द, मंगलबारदेखि नियमित कारोबार
वि.सं.२०८२ असोज २० सोमवार १०:११
shares

काठमाडौं, २० असोज । सोमबार (असोज २०) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत हुने धितोपत्र कारोबार स्थगित गरिएको छ।
हालै सरकारले सार्वजनिक बिदा खारेज गरे तापनि शेयर कारोबार सञ्चालनका लागि आवश्यक निकायहरू तयारी अवस्थामा नहुँदा आज कारोबार नखुल्ने भएको हो।
नेप्सेले जानकारी दिएको अनुसार धितोपत्र बजार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडीएस एण्ड क्लियरिङ लिमिटेड, र शेयर ब्रोकर कम्पनीहरू सबैको समन्वय आवश्यक पर्छ। तर, ती सबै निकाय पूर्ण रूपमा तयार नहुँदा आजको दिन कारोबार सम्भव नभएको नेप्सेले स्पष्ट पारेको छ।
नेप्सेले एक सूचना जारी गर्दै भोलि मंगलबार (असोज २१) बाट शेयर बजार नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएको छ।

















