धनुषामा सशस्त्र प्रहरीद्वारा ४ लाख बढीको कपडा बरामद
वि.सं.२०८२ असोज २१ मंगलवार २०:२७
shares

काठमाडौं, २२ असोज । धनुषामा सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
महिनाथपुरस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका डिएसपी सिताराम पौडेलको कमान्डमा गएको टोलीले सोमबार बिहान ४ बजे भारतबाट भन्सार छली गरेर महिनाथपुर हुँदै ल्याउँदै गरेको ठुलो परिमाणको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नं। ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी निर्मल खड्काले जानकारी दिए ।
विशेष सूचनाका आधारमा गएको डिएसपी पौडेलको टोलीले महिनाथपुरबाट लुकाई छिपाई ल्याउँदै गरिएको इ(अटो रिक्सामा ४ लाख ४४ हजार ६५ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी एसपी खड्काले बताए ।
बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी एसपी खड्काले जानकारी दिए ।
















