एशियन लाइफ इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड
वि.सं.२०८२ असोज २२ बुधवार १०:०८
shares

काठमाडौं, २२ असोज । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखेको अवितरित हकप्रद शेयरको बाँडफाँड गरेको छ। भदौ २२ देखि असोज ५ गतेसम्म खुला गरिएको लिलामीमा प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरू असोज १० गते खोली असोज २० गते बाँडफाँड गरिएको हो।
कम्पनीले संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख २८ हजार ४३७.९१ कित्ता अवितरित हकप्रद शेयर बिक्रीका लागि राखेको थियो। बाँडफाँडको कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिबाट सम्पन्न भएको हो।
बोलपत्रहरूका आधारमा संस्थापक समूहतर्फको कटअफ प्राइस १०५.५० रुपैयाँ र सर्वसाधारण समूहतर्फको कटअफ प्राइस ४२२.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ। सो मूल्य वा सोभन्दा माथि प्रस्ताव गर्ने लगानीकर्ताहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको हो।
कम्पनीका अनुसार बाँडफाँडमा नपरेका लगानीकर्ताहरूको पैसा असोज २२ गतेदेखि बैंक खातामा फिर्ता पठाउन थालिएको छ।


















