ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर
वि.सं.२०८२ असोज २७ सोमवार १०:३०
shares

काठमाडौं, २७ असोज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई तोकिएको म्यादभित्र आवेदन दिन अनुरोध गरेको हो।
संस्थाले विभागीय प्रमुख तथा सहायक (सूचना प्रविधि), विभागीय प्रमुख तथा सहायक (व्यवस्थापन तथा तालिम), प्रदेश प्रमुख तथा अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी आवश्यक परेको जनाएको छ।
उक्त पदहरूमा आवेदन दिन इच्छुक उम्मेदवारहरूले कात्तिक ९ गतेभित्र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्रसहित आवश्यक कागजातहरू संलग्न गरी कम्पनीको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
कम्पनीले आवश्यकता अनुसार लिखित, प्रयोगात्मक वा अन्तर्वार्तामार्फत परीक्षाको प्रक्रिया अपनाउन सकिने जनाएको छ। साथै, सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएकालाई प्राथमिकता दिइने पनि सूचनामा उल्लेख गरिएको छ।
















