Dhulikhel Eco Banner new

काग तिहार आज मनाइँदै, यमराजका दूत कागलाई मीठो खाना अर्पण

3.6K
shares

काठमाडौं, २ कात्तिक । आज देशभर कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइँदैछ। यमराजका दूतका रूपमा कागलाई सम्मान गर्दै बिहानै दही–भात लगायत मीठा परिकार खुवाएर पूजा गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सूर्योदयसँगै त्रयोदशी परेकाले आज आइतबार काग तिहार मनाउनुपर्ने शास्त्रीय निर्णय गरिएको हो।

यस अवसरमा कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना हुँदैछ। यमयातनाबाट मुक्ति पाउने विश्वाससहित शनिबार साँझदेखि यम दीपदान पनि सुरु भएको छ।

त्यसैगरी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ, जहाँ गरगहना तथा भाँडाकुँडा किनेर लक्ष्मीलाई घरमा स्थिर राख्ने विश्वास गरिन्छ।