Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको साधारणसभा कात्तिक ३० गते, बुक क्लोज कहिले ?

2.17K
shares

काठमाडौं, २ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडले कात्तिक ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ। असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कात्तिक १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्।