एकैदिन प्रतितोला ११ हजार ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक ९ आइतवार ११:०८
2.85K
shares
shares

काठमाडौं, ९ कात्तिक । स्थानीय बजारमा आइतवार सुनको मूल्य उच्च अंकले घटेको छ । सुनको मूल्य ११ हजार ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कात्तिक ३ गते प्रतितोला २ लाख ५३ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आइतवार ११ हजार ६ सयले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मुल्य पनि २६५ रुपैयाँले घटेको छ । कात्तिक ३ गते ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार ३ हजार १५ मा कायम भएको छ ।
















