Dhulikhel Eco Banner new

उत्पादन घट्दा अन्डाको भाउ फेरि बढ्यो, ठूलो अन्डा प्रतिक्रेट ५ सय रुपैयाँ पुग्यो

3.89K
shares

काठमाडौं, १० कात्तिक । देशभर अन्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेको हो।

संघका अनुसार उत्पादन घटेको र खपत बढेको कारण अन्डाको मूल्य बढाइएको हो। नयाँ दरअनुसार ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ५० रुपैयाँ पुगेको छ।

अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँले वृद्धि गरिएको संघले जनाएको छ। यो मूल्यवृद्धि चितवनलाई आधार मानेर निर्धारण गरिएको हो, जहाँ देशकै प्रमुख अन्डा उत्पादन केन्द्रहरू रहेका छन्।

संघका पदाधिकारीहरूका अनुसार उपभोक्ताका लागि खुद्रा मूल्य भने ठूलो रूपमा बढ्ने छैन। हाल उपभोक्ताले एउटा अन्डा २२ रुपैयाँकै हाराहारीमा खरिद गर्न सक्ने र मूल्यमा ५० देखि ७० पैसासम्म मात्र वृद्धि हुने जनाएको छ।