सोल्टी होटेलको लाभांश घोषणा
वि.सं.२०८२ कात्तिक १२ बुधवार १०:५३
shares

काठमाडौं, १२ कात्तिक । सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र १६.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।
कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने निर्णय गरेको छ। साधारण सभाको प्रयोजनका लागि मंसिर ५ गतेदेखि बुक क्लोज गरिनेछ। त्यसअनुसार, मंसिर ४ गतेसम्म नाममा शेयर कायम रहेका शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
















