एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८२ कात्तिक १३ बिहीवार ११:२२
shares

काठमाडौं, १३ कात्तिक । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सातै प्रदेशमा ट्रेनी एसिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार कम्प्युटर राम्ररी प्रयोग गर्न जानेको, माइक्रोसफ्ट अफिस प्याकेज प्रयोग गर्न जानेको, सवारी चालक इजाजत पत्र भएको, नेपाली अँग्रेजी टाइपिङ जानेको र २५ वर्ष उमेर ननाघेको उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेद्वारले निवेदनको साथमा सिभी, शैक्षिक योग्यताको प्रमाण पत्र, पासपोर्ट साइज फोटो र हस्तलिखित निवेदन सहित ४ नोभेम्बर अर्थात् कात्तिक १८ गतेसम्ममा आवेदन इमेलमार्फत पेश गर्न सकिने कम्पनीले जनाएको छ ।


















