Dhulikhel Eco Banner new

काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर

1.89K
shares

काठमाडौं, २० कात्तिक । काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगी पदका लागि दरखास्त माग गरेको हो।

महानगरले बागमती प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९’ तथा ‘काठमाडौं महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९’ बमोजिम आवेदन माग गरेको जनाएको छ।

सूचना अनुसार योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र तोकिएको फाराम मार्फत आवेदन दिन सक्नेछन्।

करार पदका लागि योग्यता, अनुभव, दस्तावेज पेश गर्ने स्थान र परीक्षा विधिबारे विस्तृत जानकारी महानगरपालिकाको सूचना पाटी र वेबसाइटमा हेर्न सकिने जनाएको छ।