सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ कात्तिक २४ सोमवार १५:१७
shares

काठमाडौं, २४ कात्तिक । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.८० अंकले घटेर २,५८० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५१ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा दरमखोला हाइड्रोपावर, सागर डिष्टीलरी र बुंगल हाइड्रोेपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


















