एमआरपी नदेखाएर बिक्री गर्ने डिस्ट्रिब्युटरलाई जरिवाना
वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:१३
shares

काठमाडौं, २५ कात्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कस्मेटिक डिस्ट्रिब्युटरलाई जरिवाना तिराएको छ। विभागको सोमबारको अनुगमनमा काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्स प्रा.लि. लाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरी सामान बिक्री गरेको पाइएपछि २ लाख १ हजार रुपैयाँ जरिवाना तिराइएको हो।
त्यसैगरी, काठमाडौं–१४ कलंकीको विकास ट्रेड प्रा.लि. लाई मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको आरोपमा २० हजार रुपैयाँ र काठमाडौं–१३ स्युचाटारको नेपाल थोपा सिँचाइ प्रा.लि.लाई १० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।
सोमबार कुल १६ वटा फर्मको अनुगमन गरिएकोमा अन्य १३ फर्मलाई सामान्य निर्देशन दिइएको थियो। विभागले उपभोक्ताको अधिकार सुनिश्चित गर्न र बजारमा अनुशासन कायम राख्न अनुगमन जारी राख्ने बताएको छ।


















