सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर १० बुधवार १५:२५
shares

काठमाडौं, १० मंसिर । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.६१ अंकले बढेर २६६५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ९२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यसदिन सागर डिष्टीलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी रिभर फल्सका लगानीकर्ताले ९.६१ प्रतिशतका दरले कमाएका छन् ।



















