शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ मंसिर १० बुधवार १५:३२
shares

काठमाडौं, १० मंसिर । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.६१ अंकले बढेर २६६५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ९२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यसदिन उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ३.८१ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स सुपर म्युचुअल फन्डका लगानीकर्ताले ३.७४ प्रतिशतका दरले गुमाएका छन्
त्यसैगरी सुभम पावर लिमीटेडका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् भने बन्दीपुर केबलकारका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् ।



















