कात्तिक महिनामा नेपाल प्रहरीद्वारा २४ करोड ८५ लाख राजस्व संकलन
वि.सं.२०८२ मंसिर १४ आइतवार १५:५५
shares

काठमाडौं, १४ मंसिर । नेपाल प्रहरीले कात्तिक महिनामा देशभरबाट गरी कुल २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैयाँ राजस्व सरकारले दाखिला गरेको छ। प्रहरी मुख्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अदालतका फैसलाका आधारमा ६ करोड ९६ लाख ७१ हजार ४४२ रुपैयाँ संकलन भएको छ भने ट्राफिक प्रहरीद्वारा कारबाहीसहित ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ राजस्व उठाइएको छ।
यस्तै अवैध सुनचाँदी बरामदबाट ३४ लाख ९७ हजार ९१९ रुपैयाँ, अवैध मालसामान बरामदबाट १० करोड ८४ लाख ७ हजार ६२५ रुपैयाँ र स्रोत नखुलेको रकमबाट १ करोड ३५ लाख ८४ हजार ३५० रुपैयाँ राजस्व दाखिला भएको प्रहरीको विवरणमा उल्लेख छ।
अवैध नदीजन्य पदार्थ उत्खननबाट ११ लाख ४० हजार ८३० रुपैयाँ, अवैध काठ बरामदबाट १० लाख ३ हजार ३८७ रुपैयाँ, अवैध पशुपंक्षी बरामदबाट १३ लाख ५५ हजार ९५० रुपैयाँ र अवैध मुद्रा बरामदबाट १ लाख ७ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। अवैध गतिविधिमाथि कडाइ र निगरानीका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरीको भनाइ छ।


















