Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि

2.94K
shares

काठमाडौं, १७ मंसिर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५२ अंकले घटेर २६३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब २३ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा सागर डिष्टीलरीका, मिथिला लघुवित्त र झापा इनर्जीका लगानीकर्ताले, सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी सामलिङ पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.८५ प्रतिशतका दरले गुमाएका हुन् ।