दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर १७ बुधवार १५:१९
shares

काठमाडौं, १७ मंसिर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.५२ अंकले घटेर २६३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब २३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सागर डिष्टीलरीका, मिथिला लघुवित्त र झापा इनर्जीका लगानीकर्ताले, सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।



















