शेयर बजारमा १७७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ मंसिर १७ बुधवार १५:२७
shares

काठमाडौं, १७ मंसिर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५२ अंकले घटेर २६३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब २३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सामलिङ पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.८५ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन ग्रिन विकास बैंकका लगानीकर्ताले २.७९ प्रतिशतका दरले गुमाएका छन् भने माउन्टेन हाइड्रो नेपालमा २.७७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, प्रभु महालक्ष्मी इन्स्योरेन्सका लगानीकर्ताले २.७३ प्रतिशतका दरले गुमाएका छन् भने राप्ती हाइड्रोका लगानीकर्ताले २.६७ प्रतिशतका दरले गुमाएका छन् ।



















