शेयर बजारमा ९४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ मंसिर २९ सोमवार १५:२२
shares

काठमाडौं, २९ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.७४ अंकले बढेर २६०१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.९५ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी ज्योति विकास बैंक बन्ड २०८७का लगानीकर्ताले ४.२९ प्रतिशतका दरले गुमाएका छन् भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाएका छन् ।



















