मंसिरमा १ अर्ब ९१ करोडको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता
वि.सं.२०८२ पुस १ मंगलवार १७:२३
shares

काठमाडौं, १ पुस । चालु आर्थिक वर्षको मंसिर महिनामा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ। यो जानकारी उद्योग विभागले सोमबार सार्वजनिक गरेको विवरणमार्फत दिएको हो।
विभागका अनुसार, प्राप्त एफडिआईको २२ करोड ४६ लाख रुपैयाँ स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत र १ अर्ब ६९ करोड ३ लाख रुपैयाँ स्वीकृति मार्ग (अप्रुभल रुट) मार्फत आएको हो।
यस लगानीबाट करिब १,४७० जना रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। प्राप्त लगानी ५४ वटा साना तथा लघु उद्यम र २ वटा मध्यम उद्योगमा केन्द्रित भएको उद्योग विभागले जनाएको छ।
विशेषगरी, कूल लगानी प्रतिवद्धताको झण्डै ५७ प्रतिशत कृषि क्षेत्रमा हुने विभागको भनाइ छ। उद्योग विभागले यो प्रतिवद्धतालाई लगानीको वातावरण सुधार र रोजगार सृजनामा सकारात्मक संकेतका रूपमा व्याख्या गरेको छ।



















