Dhulikhel Eco Banner new

ग्लोबल आइएमई लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

3.85K
shares

काठमाडौं, ६ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) समेत गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।