Dhulikhel Eco Banner new

स्वरोजगार लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

2.99K
shares

काठमाडौं, ६ मंसिर । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।

उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ।