नेपाली रुपैयाँ इतिहासकै कमजोर, डलरको मूल्यमा नयाँ रेकर्ड
वि.सं.२०७९ असार २२ बुधवार १२:५७
shares

काठमाडां, २२ असार । नेपाली रुपैयाँ इतिहासकै कमजोर बन्न पुगेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ दिन दिनै कमजोर बन्दै गएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार १ महेरिकी डलरको मूल्य १२७ रुपैयाँ ३० पैसा पुगेको छ । डलरको मूल्यमा भएको वृद्धिले नेपालले तिर्नु पर्ने वैदेशिक ऋणको साँवा र ब्याज तिर्नका लागि नेपाललाई थप आर्थिक भार पर्ने छ । डलरको मूल्य बढ्दा निर्यातमुखि अर्थतन्त्र भएको मुलुकलाई मात्रै फाइदा पुग्ने अर्थविद्हरुको भनाइ छ ।
नेपाल जस्तो आयातीत अर्थतन्त्र भएको र विदेशी राष्ट्रबाट ऋण लिएर चलेको देशमा डलरको भाउ महंगो हुँदा सबै क्षेत्रमा असर पर्ने अर्थविदहरुले बताउँदै आएका छन् । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) मा पर्न गएको हो ।
भारुसँग नेपालको स्थिर विनिमय दर छ । जसका कारण भारतीय रुपैयाँमा प्रवा पर्ने वित्तिकै नेपाली रुपैयाँ समेत कमजोर बन्ने गरेको छ ।


















