Dhulikhel Eco Banner new

सम्भावित आर्थिक संकट टार्न एनआरएनएको सहयोग अपरिहार्य : वरिष्ठ उपाध्यक्ष ढकाल

4.68K
shares

काठमााडौ, २७ असार । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गम्भिर अवस्थामा रहेको नेपालको आर्थिक संकट टार्नका लागि गैर आवासिए नेपाली संघ (एनआरएनए) लाई सहयोग गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटबाट नेपाललाई जोगाउनका लागि एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

‘महामारी लगायतका समस्याका बाछिटाबाट नेपाल पनि अछुत्तो रहन सेकेको छैन्, यो समस्या हामीले पनि झेलिरहेका छौँ,’ ढकालले भने । उनले नेपाललाई आथिएक रुपमा संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाउनका लागि संसारभरमा रहेका नेपालीहरुले नेपालमा पुँजी र प्रविधि भित्र्र्याउन र वैदेशिक लगानी गर्न आग्रह समेत गरे ।

उनले भने ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस् ।’ कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस–युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको भन्दै यसबाट नेपाल पनि मारमा रहेको उनको भनाइ थियो ।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक भएको भन्दै ढकालले लगानी गर्नका लागि गैर आवासिए नेपालीहरुलाई आग्रह गरे । नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरे । आइएमई समूहका अध्यक्ष समेत रहेका ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेको अनुभव समेत साटेका थिए ।