Dhulikhel Eco Banner new

डलरको मूल्य बढ्दा भान्सादेखि विकास निर्माणमा असर गर्छ : अर्थविद् डा.अधिकारी

5.08K
shares

काठमाडौं,११ असोज । अमेरिकी डरको मूल्य बढ्दा नेपालीको भान्सादेखि विकास निर्माणको कामसम्मै प्रभाव पर्ने अर्थविद् डा. चन्द्रमणी अधिकारीले बताएका छन् । अर्थविद अधिकारीले केटिएम भ्वाइससँगको कुराकानीमा आयातमुखि अर्थतन्त्र रहेको नेपाल जस्तो देशका लागि लडरको मूल्य बढ्दा सबै क्षेत्रमा प्रभाव पर्ने बताएका हुन् ।

‘हामीले भान्सामा विहानदेखि चलाउने उपभोग्य वस्तुदेखि घर निर्माण देखि विभिन्न आयोजना निर्माणका लागि विदेशबाट सामान आयात गर्नु पर्छ । डलरको मूल्यमा हुने वृद्धिले यी सबै क्षेत्रमा प्रभाव पर्छ,’ उनले भने । डलरको प्रभाव नेपालमा बहुपक्षिय रुपमा पर्ने बताएका उनले सबै सामान डलरमा ल्याउनु पर्ने भएकाले चाडपर्वको समयमा महंगी थप बढ्ने बताए ।

डलर तिरेर ल्याउदा एउटा उपभोग्य वस्तु महंगो हुने भयो अर्को भनेको विभिन्न परियोजनाको लागत समेत बढ्ने जाने उनको भनाइ छ । हामीले प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने भयो, मूल्य बढ्पछि वस्तु बिक्री हुन गरो पर्ने अर्थविद डा. अधिकारीले बताए ।

खासगरी तल्लो वर्गका मानिसहरुमा बढी प्रभाव पर्ने अधिकारीको भनाइ छ । ‘चाडपर्व नजिक आएको समयमा निम्न वर्ग, मध्यम वर्गलाई बढी प्रभाव पर्छ,’ उनले भने । डलरको मूल्य बढ्दा फाइदा हुने भनेको निर्यातमुखी अर्थतन्त्र भएका देशहरुलाई मात्रै हुने उनको तर्क छ ।

नेपालमा आउने रेमिट्यान्समा केही वृद्धि हुने र पर्यटक आवागमनबाट केही बढी रकम भित्रिएको जस्तो देखिए पनि समग्र रुपमा रुपमा अर्थतन्त्रलाई नकारात्मक असर गर्ने उनको भनाइ छ ।