तास आयात मै बाहिरीयो साढे तीन करोड बढी रकम
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:१८
shares

काठमाडौं, १४ कात्तिक । नेपालबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खेल्ने तास आयातका लागि मात्रै साढे ३ कारोड बढीको रकम विदेश गएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा ३ करोड ५९ लाख १० हजार रुपैयाँको तास आयात भएको देखिएको हो ।
विदेशी विनियम सञ्चिति घटेकोभन्दै सरकारले वस्तु आयातमा प्रतिबन्ध लगाएको भए पनि तास आयातमा नै करोडौँ रकम बाहिरिएको देखिएको छ । तास कुनै अत्याबश्यक वस्तु पनि होइन् । यो केबल विलाशिताको वस्तु मात्रै हो ।
तीन महिनामा नेपालले चीनबाट १६ लाख ५६ हजार बुक र भारतबाट ४० हजार १०० बुक तास आयात गरेको छ ।



















