Dhulikhel Eco Banner new

४५ कारोड बढी राजस्व चुहावट गर्ने २ जना विरुद्ध मुद्दा दायर

5.16K
shares

काठमाडौं, २८ कात्तिक । राजस्व चुहावट गर्ने दुई जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । राजस्व विभागले कर छलि गरेको आरोपमा सर्लाही जिल्लाको व्रम्हपुरी नगरपालिका २ घर भइ अहिले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका सञ्चालन गरिरहेका प्रविण कुमार महतो र बारा जिल्ला भवानीपुर नगरपालिका–८ मा युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका सञ्चालन गर्ने आत्मराम पासवान विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

विभागले उनीहरु दुई जना विरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको छ । विभागका अनुसार अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका सञ्चालको राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेका छन् ।

विभागले मूल्य अभिवृद्धि कर तर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपयाँ र आयकर तर्फ १७ करोड २२ लाख २१ हजार ९९४ रुपैयाँ सहित कुल विगो २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ राजस्व चुहावट गरेको र उक्त रकम असुल गरी शत प्रतिशत जरिवाना असूल गर्न उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।