पूर्वाधार निर्माणका लागि पूर्वतयारीको काम सक्नु पर्छ : सीईओ भट्ट
वि.सं.२०७९ माघ १९ बिहीवार ११:१९
shares

काठमाडौं, १९ माघ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले पूर्वाधार निर्माणका लागि पूर्वतयारीको काम सक्नु पर्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको अर्थन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सीईओ भेट्टले वैदेशिक लगानीको वातावरण बनाउनका लागि पनि पूर्वतयारी आवश्यक रहेको बताएका हुन् ।
उनले पुँजीगत खर्च बढाउनका लागि आर्थिक कार्यविधि तथा वित्तीय उदरदायित्व ऐनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने आवश्यकता रहेको बताए । १० खर्वको लगानी प्रतिबद्धता प्राप्त भएको र ६ खर्वको सम्झौता हुने क्रममा रहेको भट्टले जानकारी दिए । वैदेशिक लगानीको प्रतिबद्धता आएसँगै सम्झौता भइसकेपछि मात्रै प्राप्त हुने निश्चित हुने उनको भनाइ थियो ।
साथै लगानी बोर्डले सम्भावना बोकेको क्षेत्रको विषय पहिचान गरेर लगानी गर्नु पर्ने उनको भनाइ थियो । लगानीका योग्य योजनाको विषयमा पनि छलफलहरु भइरहेको उनले बताए ।

















