GBIME

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?

948
shares

काठमाडौं, १९ माघ । बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक साता अघि यो वर्षकै उच्च विन्दुमा रहेको सुनको मूल्यलाइ आजको मूल्यले तोडेको छ । आज सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यसअघि यही माघ १२ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको भाउमा उतारचढाव देखिएको थियो ।

त्यसअघि यही माघ १० गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ तोकिएको थियो । यसआधारमा पछिल्लो १० दिनयता सुनको भाउ तेस्रोपटक सर्वाधिक कायम भएको छ ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो यसको मूल्य तोलाको १ हजार ३७० रुपैयाँ थियो ।