Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको दोस्रो फुटसल प्रतियोगिता असोज ३ गते

208
shares

काठमाडौं,२ भदौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

कम्पनीले आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन, निर्जीवन, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहनेछ।

“Protecting Every Risk, Celebrating Every Goal” नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास बढाउनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

गत वर्ष आयोजना गरिएको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाको उत्साहजनक सहभागिता रहेको थियो। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि बीमा क्षेत्रका संस्थाहरूबाट उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।