Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

390
shares

काठमाडौँ, ३ भदौ । बुधवार शेयर बजार झिनो अकंले घटेको छ । शेयर बजार ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११० कम्पनीको शेयर मूल्य बढेको छ । १५० कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् भने आरबीबी म्युचुअल फन्ड १का लगानीकर्ताले ३.०९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८का लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् भने ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६का लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।