झिनो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ भदौ ३ बुधवार १५:०४
shares

काठमाडौँ, ३ भदौ । बुधवार शेयर बजार झिनो अकंले घटेको छ । शेयर बजार ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११० कम्पनीको शेयर मूल्य बढेको छ । १५० कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोड कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले गुमाएका छन् ।
















