Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

312
shares

काठमाडौँ, ३ भदौ । बुधवार शेयर बजार झिनो अकंले घटेको छ । शेयर बजार ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११० कम्पनीको शेयर मूल्य बढेको छ । १५० कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सनराइज ब्लुचिप फन्डका लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् भने रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले ३.३८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ३.०७ प्रतिशतका दरले गुमाएका छन् भने ९.५प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले २.७८ प्रतिशतका दरले गुमाएका छन् ।