Dhulikhel Eco Banner new

नेपालमा हुवावे वाच फिट ५ प्रो सार्वजनिक, खरिदमा फ्रीबड्स एसई २ निःशुल्क

364
shares

काठमाडौं,२ भदौ ।  नेपाल: हुवावे उपभोक्ता उत्पादनहरूको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले नेपालमा हुवावे वाच फिट ५ प्रो सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी र फिटनेस सुविधासहितको यो स्मार्टवाचको मूल्य ४३ हजार ९९० रुपैयाँ तोकिएको छ।

लन्च अफरअन्तर्गत सीमित अवधिका लागि वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने हुवावे फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन्।

वाच फिट ५ प्रोमा १.९२ इन्चको डिस्प्ले, १.८ मिलिमिटरको अल्ट्रा–स्लिम बेजेल र ३ हजार निट्स ब्राइटनेस रहेको छ। यसमा छोटो समयका निर्देशित व्यायामका लागि मिनी–वर्कआउट मोड, आउटडोर गतिविधिका लागि ट्रेल रन मोड तथा १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा लगायतका सुविधा उपलब्ध छन्।

स्वास्थ्य निगरानीतर्फ ईसीजी, एएफिब तथा असामान्य मुटुको धड्कनसम्बन्धी चेतावनी, धमनीको कठोरता पहिचान लगायतका सुविधा दिइएको छ। महिलाहरूका लागि नाडीको तापक्रम मापन सहितको महिला स्वास्थ्य निगरानी सुविधा पनि उपलब्ध छ।

ब्याट्रीले हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ।हुवावे वाच फिट ५ प्रो नेपालभर ४३ हजार ९९० रुपैयाँमा उपलब्ध छ। फ्रीबड्स एसई २ निःशुल्क दिने अफर भने सीमित अवधिका लागि मात्र लागू हुनेछ।