Dhulikhel Eco Banner new

डलरको मूल्य स्थिर, कुन देशको सटहीदर कति ?

4.84K
shares

काठमाडौं, १७ वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य स्थिर रहेको छ । अघिल्लो दिन घटेको डलर लगायत सम्पूर्ण विदेशी विनियमदरको मूल्य स्थिर रहेको हो ।

आइतबार अमेरिकी डलरको मूल्य १३० रुपैयाँ ७१ पैसा र बिक्रदर १३१ रुपैयाँ २३ पैसा पुगेको छ । डलरसँगै आइतबार पाउण्ड र युरोको मूल्य पनि स्थिर रहेको छ । आइतबार पाउण्डको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा रहेको छ । युरोको खरिददर १४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा पुगेको छ ।

राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।