Dhulikhel Eco Banner new

यो सरकारले पुँजी बजारको सेटिङ पनि भत्काउँछ : प्रधानमन्त्री प्रचण्ड

5.36K
shares

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजारको सेटिङ भत्काउने गरि छानबिन हुने बताएका छन् । बिहीबार संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा मात्र नभइ पुँजी बजारको सेटिङ पनि भत्काउने गरी काम गर्ने बताएका हुन् ।

‘भ्रष्टाचारलाई कुनै पनि छुट दिइनुहुँदैन । सबै भ्रष्टाचारको अन्त्य गर्ने दृढ इच्छाका साथ अघि बढेका छौं,’ उनले भने । सरकार नक्कली भुटानी शरणार्थीलाई मात्रै होइन । अन्य तमामा ठूला घटनाको छानबिन गर्ने र पुँजी बजारको सेटिङ भत्काउने गरि छानबिन गर्ने प्रचण्डको भनाइ थियो ।

देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टचार रहेको भन्दै यसमा सरकार कडा रुपमा प्रस्तुत हुने उनको भनाइ छ ।