सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
वि.सं.२०८० जेठ ५ शुक्रवार १२:३७
shares

काठमाडौं, ५ जेठ । सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि शुक्रबार अपराह्न ४ बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।
















