सिटी होटलको आईपीओ बाँडफाँट
वि.सं.२०८० जेठ ५ शुक्रवार १२:४२
shares

काठमाडौं, ५ जेठ । सिटी होटल कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत शेयर बाँफाँट भएको हो ।
कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १ लाख ३५ हजार ५९४ जनाले १० कित्ताका दरले शेयर पाएको छन् । आइपीओमा १० लाख ९२ हजार ६६७ जना आवेदकले आवेदन दिएका थिए । कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।
लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सिटी होटलको वेबसाइट, सीडीएस एन्ड क्लियरिङले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो शेयर मार्फत थाहा पाउन सकिने छ ।
















