Dhulikhel Eco Banner new

डलरको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

4.37K
shares

काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरसँग थप कमजोर बनेको छ । अघिल्लो दिन समेत बढेको डलरको मूल्य शुक्रबार पनि पुनः बढेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको थियो । त्यस्तै शुक्रबार पाउण्डको मूल्य पनि बढेको छ । आज पाउण्डको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७२ पैसा पुगेको छ ।

अघिल्लो दिन पाउण्डको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको थियो । शुक्रबार युरोको मूल्य समते बढेको । आज युरोको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रिदर १४३ रुपैयाँ २७ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८ पैसा रहेको थियो ।

त्यस्तै राष्ट्र बैंकले शुक्रबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रुपैयाँ १ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४८ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७ पैसा र बिक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ ।

डलरको मूल्य बढ्दा नेपालले तिर्नु पर्ने विदेशी ऋणको साँवा र व्याज तथा आयात गर्नु पर्ने वस्तुका लागि बढी रकम खर्च पर्ने हुन्छ । जसको प्रभाव नेपालीको भान्सामै पर्ने अर्थविद्हरुको भनाइ छ ।