पाउण्ड र युरोसँग डलर मूल्य पनि बढ्यो
वि.सं.२०८० जेठ ९ मंगलवार १०:१९
shares

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढेको छ । राष्ट्र बैंकले तोकेको विदेशि विनियमदर अनुसार आज डलर, युरो र पाउण्डको मूल्य बढेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै आज पाउण्डको मूल्य पनि बढेको छ । मंगलबार पाउण्डको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ २४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा रहेको थियो ।
मंगलबार युरोको मूल्य पनि बढेको छ । राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार युरोको खरिददर १४३ रुपैयाँ १० पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ५७ पैसा बिक्रीदर १४३ रुपैयाँ २२ पैसा रहेको थियो ।
त्यस्तै राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७५ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ ।



















