Dhulikhel Eco Banner new

बजेटमा यसपटक धेरै अभावसंग सम्झौता गर्नुपर्ने अवस्था आयो : अर्थमन्त्री महत

3.58K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा यसपटक धेरै अभावसंग सम्झौता गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

संघीय संसदमा आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गर्दै उनले कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताए । जुन कुल बजेटको ७३ प्रतिशत हुन पनि उनको भनाइ थियो ।

अर्थमन्त्री महतले चालु आर्थिक वर्षको चैत मसान्त सम्म १ खर्ब ८० अर्व १७ करोडको बचत रहेको र विदेशि मुद्राको सञ्चिती ११ महिनाको वस्तु आयात ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त हुने देखिएको प्रष्ट पारे । विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई चैत मसान्त सम्म रु ९ खर्व ३ अर्व पुगेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा कुल खर्च रु १५ खर्व ४ अर्व ९९ करोड भएको छ अर्थात विनियोजनमा ८९.९० प्रतिशत भएको बताए ।