Dhulikhel Eco Banner new

सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै

3.76K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजनालाई मात्रै उच्च प्राथमिकता राखेको बताएका छन् ।

संसदमा आगामी वर्षको वजेट सार्वजनिक गर्दै उनले, कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको जानकारी दिए ।
विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने तर काम भने शुरू नहुने समस्या रहेकाले त्यस्ता आयोजनालाई कम प्राथमिकता दिइएको अर्थमन्त्री डा महतले बताए ।

उनले भने ‘ केही वस्तुको पैठारीको बन्देज हटे पश्चात ती वस्तुमा भएको आयातमा भएको वृद्धि आर्थिक क्रियाकलाप विस्तार संगै राजस्व संकलनमा वृद्धि हुने देखिन्छ । साधारण खर्चलाई वञ्चित सीमा भित्र राख्ने र विनियोजन दक्षता तथा कार्यान्वयन संयन्त्रको क्ष्मता अभिवृद्धि गर्ने उदेश्यका साथ बजेट प्रणलीमा सुधारको प्रस्ताव गरेको छु । ’

सम्पन्न हुने खालका आयोजनामा आवश्यकता अनुसार बजेट दिएका छन् भने शुरू नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरिएको उनको भनाइ छ ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।