Dhulikhel Eco Banner new

बजेट ३ जिल्लामा केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ

4.12K
shares

काठमाडौं, २९ जेठ । बजेट तिन जिल्लामा केन्द्रित भएको भन्ने विषयलाई लिएर अर्थमन्त्री प्रकाशशरण महत आक्रोषित भएका छन् । आक्रोषित हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगत तर्फ कूल रु १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको महतले बताए ।

आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कतिपय पहाडि जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको उनले स्पष्ट पारे ।