Dhulikhel Eco Banner new

सेनेटरी प्याड उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर : अर्थमन्त्री महत 

4.03K
shares

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा १ तहको फरक व्यवस्था गरिएको बताएका छन् ।

बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले सेनेटरी प्याड उत्पादन गर्ने नेपाली उद्योग निकासीमा पनि सक्षम भएकोले यस्तो व्यवस्था गरिएको तर्क गरे ।

उनले भने ‘ नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले सेनेटरी प्याडको निकासी समेत गर्न सक्ने क्षमताका भएकाले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर १ प्रतिशत र तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगहरुलाई संरक्षण गर्न नसकिने भएकाले तयारी वस्तुको आयातमा लाग्ने महसुल सामान्य बृद्धि गरि कच्चा पदार्थ र तयारी वस्तुको विचको फरक एक तह गरिएको हो।’