नीति तथा कार्यक्रम जेठ १०मा प्रस्तुत हुने
वि.सं.२०७९ जेठ ७ शनिवार १३:४८
shares

काठमाडौं, ७ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यहि जेठ १० गते आउने भएको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम १० जेठमा संसदमा पेश गर्ने भएको हो ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदको संयुक्त बैठकमा पेश गर्ने परिपाटी रहेको छ । सोही अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनमा प्रस्तुत गर्नेछिन् ।
नीति तथा कार्यक्रम प्रस्तुतपछि त्यसैको आधारमा सरकारले बजेट निर्माण गर्ने छ । आगामी आर्थिक वर्षका लागि जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्ने छ । संवैधानी प्रावधान अनुसार नै सरकारले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नु पर्ने हुन्छ । सोही अनुसार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट जेठ १५ गते संसदमा प्रस्तुत गरिने छ ।
















