Dhulikhel Eco Banner new

बचतकर्तामाथि सहकारी सञ्चालकको डकैती, काठमाडौंमा मात्रै एक अर्ब बढी बचत लुट्ने प्रयास

8.03K
shares

काठमाडौं, २१ असार । पछिल्लो समय काठमाडौं महानगरपलिका भित्र सञ्चालित अधिकांश सहकारी संस्थाहरु समस्या ग्रस्त छन् । यो सबै सबै सहकारी सञ्चालकहरुको बद्मासीका कारण समस्या उत्पन्न भएको हो । सहकारी सञ्चालकहरु लुटेरा जस्तो बनेका छन् । फकाएर बचत लिने र बचत फिर्ता दिनु पर्दा डकैती शैलीमा प्रस्तुत हुने सहकारी सञ्चालकहरुका कारण काठमाडौंमा मात्रै एक अर्ब बढी जनताको पैसा फसेको छ ।

सहकारीले आफ्नो लक्ष्य भुलेर नाफा कमाउँनेतर्फ आकर्षित भएपछि यो समस्या सिर्जना भएको हो । पछिल्लो समय दिनभर सहकारीको बचत फिर्ता पाउँ भन्दै निवेदन दिनेको संख्या व्यापक भएको काठमाडौं महानगरपलिका सहकारी विभागका विभागिय प्रमुख बलराम त्रिपाठी बताउँछन् । उनका अनुसार काठमाडौं महानगर भित्र १८ सयको हारहारीमा सहकारी संस्थाहरु सञ्चालनमा छन् ।

१८ सय सहकारी सञ्चालनमा हुँदा ६९ वटामा उजुरी पर्नु धेरै संकट नभएको उनी बताउछन् । ‘काठमाडौं महानगरमा मात्रै करिब १८ सय सहकारी होलान् तर हालसम्म व्यापक समस्या भएको र सञ्चालक सम्पर्कमा नआएको ६९ वटा संस्था छन्’ उनी भन्छन्, ‘तिनीहरुलाई कानुनको दायरामा ल्याउन नेपाल प्रहरीलाई पत्र गरेका छौं ।’

काठमाडौं महानगरले २०७२ साल जेठदेखि २०८० जेठ २२ सम्म गरेर बचतकर्ताको १ अर्ब १५ करोड रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारवाहीको लागि पत्र पठाएको छ । सबैभन्दा धेरै रकम हिनामिना गर्ने सहकारीमा गृहशान्ति बचत तथा ऋण सहकारी संस्था रहेको छ । जुन संस्थाले बचतकर्ताको ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ । त्यस्तै सबैभन्दा धेरै उजुरी भने आरक्ष बचत तथा ऋण सहकारी संस्था रहेको महानगरले जनाएको छ । जुन संस्था विरुद्ध ५८८ वटा उजुरी परेको छ ।

विभागिय प्रमुख त्रिपाठीका अनुसार अहिले पनि सहकारी संस्था दर्ता गर्न आउँने गरेका छन् । ‘अहिले पनि संस्था दर्ता गर्न भनेर त आइरहेका छन् तर हामीले नै अहिले भइरहेकामा चलिरहेकामा त समस्या छ भनेर दर्ता गरेका चाहिँ छैनौं’, उनले भने ।

क्रस             संस्थाको नाम          रकम
1 न्यूज डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था 284000
2 अष्ट मंगल बचत तथा ऋण सहकारी संस्था 2950000
3 ढुकु  पिकु बचत तथा ऋण सहकारी संस्था लि 5000000
4 स्वण पथ बहुउदेश्यीय सहकारी संस्था 4261723
5 चाइना टाउन बचत तथा ऋण सहकारी संस्था 1847000
6 समुन्नत बचत तथा ऋण सहकारी संस्था 15200000
7 विज्नेस बचत तथा ऋण सहकारी संस्था 25880000
8 एल पि जि बचत तथा ऋण सहकारी संस्था 4387986
9 ल्क्षमिबास बचत तथा ऋण 2034717
10 सूर्योदय ज्योती बचत तथा ऋण सहकारी संस्था 1651123
11 स्वतन्त्र शान्ती बचत तथा ऋण सहकारी संस्था 25893133
12 मानापाथि बचत तथा ऋण सहकारी संस्था 4,53,86,480
13 ल्होत्से बचत तथा ऋण सहकारी संस्था 9124122
14 सोसाइटी बचत तथा ऋण सहकारी संस्था 592793
15 तिब्र बचत तथा ऋण सहकारी संस्था 2350000
16 उपासी बचत तथा ऋण सहकारी संस्था 4129358
17 सिर्कादेवी बचत तथा ऋण सहकारी संस्था 1604601
18 ॐ बटु बचत तथा ऋण सहकारी संस्था 6779500
19 हलमार्क बचत तथा ऋण सहकारी संस्था 68187432
20 सम्यम बस्ती बचत तथा ऋण सहकारी संस्था 5993606
21 ए टु जेड बचत तथा ऋण सहकारी संस्था 58787
22 पानी ट्ङकी बचत तथा ऋण सहकारी संस्था 14624583
23 उन्नती बचत तथा ऋण सहकारी संस्था 5923980
24 मुस्किलमा सजिलो बचत तथा ऋण सहकारी संस्था 8515282
25 मनसुन बचत तथा ऋण सहकारी संस्था 1504384
26 जनमत बचत तथा ऋण सहकारी संस्था 1000000
27 आनन्द नगर बचत तथा ऋण सहकारी संस्था 3326733
28 सुपर टप बचत तथा ऋण सहकारी संस्था 8469519
29 जनजीविका बचत तथा ऋण सहकारी संस्था लि. 390300
30 अस्मोसिस बचत तथा ऋण सहकारी संस्था लि. 75395137
31 महिला चालक मजदुर बचत तथा ऋण सहकारी संस्था लि 6041224
32 जिलेट बचत तथा ऋण सहकारी संस्था लि 32139041
33 सामाजिक बचत तथा ऋण सहकारी संस्था लि 9368471
34 गृह शान्ती बचत तथा ऋण सहकारी संस्था लि 391141340
35 सर्वश्री बचत तथा ऋण सहकारी संस्था लि 4226000
36 कान्ति बचत तथा ऋण सहकारी संस्था लि. 1,17,46,319
37 किरणोदय  बहुउदेश्यीय सहकारी संस्था लि 26631819
38 संघर्ष बचत तथा ऋण सहकारी संस्था लि. 6262801
39 हितकोष बहुउदेश्यीय सहकारी संस्था लि. 17262568
40 हेल्प विथ अस बचत तथा ऋण सहकारी संस्था लि. 0
41 नमस्ते गोसाइकुण्ड बचत तथा ऋण 9526218
42 द नेक्स्ट बचत तथा ऋण सहकारी संस्था लि 18219760
43 जाम्बाला बचत तथा ऋण सहकारी संस्था लि. 1943045
44 पुण्यभुमी बचत तथा ऋण सहकारी सस्था लिमिटेड 10,719,783
45 जय हनुमान बचत तथा ऋण सहकारी संस्था लिमिटड 16,00,000
46 सुख समृदि बचत तथा ऋण सहकारी संस्था लि. 6805960
47 डेभलपमेन्ट बचत तथा ऋण 14592915
48 आरक्ष बचत तथा ऋण सहकारी संस्था लि. 24007191
49 नव संकल्प बचत तथा ऋण सहकारी संस्था लि 36174598
50 अमृताम्भ बचत तथा ऋण सहकारी संस्था लि 4475528
51 पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था लि 30,974,969
52 अष्ट बचत तथा ऋण सहकारी संस्था 22,792,010
53 स्वर्णकालिन बचत तथा ऋण सहकारी संस्था लि 9,448,758
54 हाम्रो भकारी बचत तथा ऋण सहकारी संस्था लि 191,593
55 जनमिलन बचत तथा ऋण सहकारी संस्था लि 27,390,348
56 मिनी बचत तथा ऋण सहकारी संस्था लि 10,383,541
57 हिराखुशी बचत तथा ऋण सहकारी संस्था लि. 7,306,811
58 मध्य विन्दु बहुउदेश्यीय सहकारी संस्था लि 7,282,404
59 ट्रेजर बचत तथा ऋण सहकारी संस्था लि. 5,897,340
60 आदित्य बचत तथा ऋण सहकारी संस्था लि 1,263,151
61 कल्याणेश्वर वचत तथा ऋण सहकारी संस्था लि 11,138,407
62 क्विक बचत तथा ऋण सहकारी संस्था लि 2,245,682
63 माँ अम्वे बचत तथा ऋण सहकारी संस्था लि 5,714,787
64 गरुड बहुउद्देश्यीय सहकारी संस्था लि 3,146,797
65 अभिमत बचत तथा ऋण सहकारी संस्था लि 38,963,715
66 नेशनल बचत तथा ऋण सहकारी संस्था लि. 6102320
67 सम्वर्द्धन बचत तथा ऋण सहकारी संस्था लि 6728566
68 नाता बचत तथा ऋण सहकारी संस्था लि. 5173052
69 प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लि 21585501
1,15,16,27,813

 

Follow Up

सहकारी संकटको चेन इफेक्ट बैंकमा, नियमित ऋण तिर्नेहरु पनि भाग्न थाले

सहकारी संकटको चेन इफेक्ट बैंकमा, नियमित ऋण तिर्नेहरु पनि भाग्न थाले

सहकारी संकट : सञ्चालक नै प्रमुख दोषि

सहकारी संकट : सञ्चालक नै प्रमुख दोषि

निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीले बचत फिर्ता गरेन

निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीले बचत फिर्ता गरेन